पोखरा दीपमा करेन्ट लागेर १९ वर्षीय श्रम गुरुङको मृत्यु

पाेखरा | पुस २१, २०७९

पोखरा दीपमा करेन्ट लागेर १९ वर्षीय श्रम गुरुङको मृत्यु सांकेतिक तस्बिर

पोखराः   पोखरा महानगरपालिका १६ माथिल्लो दीपमा करेन्ट लागेर श्रम गुरुङको मृत्यु भएको छ । 


पोखरा महानगरपालिका वडा नं. १६ दीपमा  आज बिहान ९ः३० बजेको समयमा दुई तलाको घरको छतमा करेन्ट लागेर १९ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 


घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचार लागि मणिपाल शिक्षण अस्पताल पु¥याइए पनि १० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  


घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...

थप पढ्नुहोस्

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

थप पढ्नुहोस्